बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ ११:५९
बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मसानघाट अधुरै रहेको छ । कर्णाली नदीको दौलतपुर घाटमा व्यवस्थित मसानघाट निर्माण हालसम्म अधुरै छ ।

नगरपालिकाले पहिलो वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको थियो । व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर० तयार गरिएको थियो । यसका लागि नगरपालिकाले रु ४ लाख ९० हजार खर्च गरेको थियो । मसानघाटमा विभिन्न संरचनाका लागि रु दुई करोड ५४ लाखको बजेट अनुमान गरिएको छ ।

पहिलो चरणमा तटबन्ध र प्रतिक्षालय निर्माण सम्पन्न भएको थियो । त्यसमा नगरपालिकाको रु ३९ लाख ४० हजार खर्च भएको छ । निराजन कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त आयोजनाको ठेक्का रु ४१ लाख ६५ हजारमा लिएको नगरपालिकाका इञ्जीनियर नवीन ओझाले बताउनुभयो । “नदीको पानीको बहावका कारण वर्षमा दुई–तीन महिनाभन्दा बढी काम गर्ने स्थिति थिएन । त्यसकारण ठेक्का भएको संरचना निर्माणमा समय लागेको हो”, उहाँले भन्नुभयो । चालु आवमा आयोजनाको बजेट नभएकाले काम ठप्प भएको उहाँको भनाइ छ ।

नगरप्रमुख रामलाल डगौरा थारूले दौलतपुरमा मसानघाट निर्माण गर्न नसकिने बताए । वातावरणीय समस्या आउने देखिएपछि बजेट विनियोजन गर्न नसकिएको उहाँले बताउनुभयो ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट