वाणिज्य बैंकका ऋणीले लघुवित्त संस्थाबाट ऋण नपाउने

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ १९:४६
वाणिज्य बैंकका ऋणीले लघुवित्त संस्थाबाट ऋण नपाउने

काठमाडौं । राष्ट्र बैंकबाट क, ख र ग वर्गको बैंकको इजाजत प्राप्त संस्थाबाट ऋण लिएका ऋणीले अब घ वर्गको लघुवित्त संस्थाहरुबाट ऋण लिन नपाउने भएका छन् । केन्द्रीय बैंकले बुधबार लघुवित्त संस्थाका लागि जारी एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

साथै, एउटा व्यक्तिले एउटा लघुवित्तबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।

अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीले स्वघोषणा गर्नुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिएरनलिएको यकिन गर्नुपर्ने बैंकले जनाएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ १९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट