युवक मृत्यु प्रकरणः १२ जना पक्राउ

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १६, २०७९ १0:५९
युवक मृत्यु प्रकरणः १२ जना पक्राउ

बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति नदीमा मृतावस्थामा फेला परेका थिए । उनीसँगै वनभोज गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दिपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ । बुडालको हत्या गरिएको जनाउँदै परिवारजनले शव बुझ्न मानेका छैनन् । राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत बुडाल बिदामा घर आएका थिए । शनिबार आफ्नो घर दशरथचन्द –१० खडेनीबाट वनभोज मनाउने भन्दै उनी ११ साथीसँग म१ज २२२ नंको जिपमा चौलानी किनार गएका थिए ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १६, २०७९ १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट