राष्ट्रपति निर्वाचनः कांग्रेस र माओवादीबीच छलफल

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ २१:५४
राष्ट्रपति निर्वाचनः  कांग्रेस र माओवादीबीच छलफल

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाको भेटमा राष्ट्रपति निर्वाचनसँगै चुनावअघिको गठबन्धन ब्युँताउनेबारे छलफल भएको बताइएको छ।

बुधबार साँझको छलफलअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका अन्य नेताहरूले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूसँग छलफल गरेका थिए।

देउवा निवास धुम्बाराहीमा भएको छलफलमा कांग्रेसको तर्फबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए।

नेकपा एकीकृत समाजावादीका तर्फबाट अध्यक्ष माधव नेपाल, महासचिव वेदुराम भुसाल र नेता घनश्याम भुसाल सहभागी थिए।

त्यस्तै देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग समेत छलफल गरेका थिए।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ २१:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट