माधव नेपालसँगको भेटपछि प्रचण्डले भने– राष्ट्रपतिको उम्मेदवार १३ गते टुंगो लाग्छ

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १३:२२
माधव नेपालसँगको भेटपछि प्रचण्डले भने– राष्ट्रपतिको उम्मेदवार १३ गते टुंगो लाग्छ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ।

उक्त भेटवार्तामा माओवादीका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र एकीकृक समाजवादीबाट घनश्याम भुसाल पनि सहभागी थिए।

नेपालसँगको भेटपछि संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लाग्ने बताए।

‘राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लागिहाल्छ नि,’ उनले भने। २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

यो पनि

https://hamromission.com/demo/2023/02/23/34222/

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट