पत्रकारहरूकाे डेटा ड्रिभन तालिम आज समापन

  • मिसन संवाददाता
  • शनिबार, बैशाख १६, २०८० ११:0७
पत्रकारहरूकाे डेटा ड्रिभन तालिम आज समापन

बागमती प्रदेशमा कृयाशिल पत्रकारहरूकाे  लागि डेटा ड्रिभन तालिम आज समापन भएकाे छ ।

वैशाख १२ गते बाट सुरूवात भएकाे उक्त तालिम माननीय कानुन मन्त्री गंगा नारायण श्रेष्ठ ज्यूले समापन गर्नु भएकाे हाे । तालिममा पत्रकारहरूकाे क्षमता वृद्धिका लागि डेेटालाई कसरी समावेश गर्ने कसरी  आकषिर्त रूपमा देखाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेकाे थियाे ।

साे तालिममा विभिन्न मिडियाामा कार्यरत पत्रकारहरू उपस्थित थिए । धुलिखेल सनराइज रिसोर्टमा सम्पन्न भएकाे तालिम सञ्चार रजिस्टार प्रमुख रेवति सापकोटाकाे पहलमा आयाेजना भएकाे थियाे ।

तालिममा गुगल सिट र डाटार्परमा कसरी डेटा देखाउन सकिन्छ । डेटा लाईभ अपडेट कसरी गर्न सकिन्छ र त्यसकाे महत्व किन छ भन्ने विषयमा आधारित रहेकाे थियाे ।

  • मिसन संवाददाता
  • शनिबार, बैशाख १६, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट