हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी
  • नेपाल बार एशोसिएशन
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला

चक्रपथ सडक विस्तारको काम छिट्टै अघि बढ्छ : मन्त्री श्रेष्ठ

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १३:२७
चक्रपथ सडक विस्तारको काम छिट्टै अघि बढ्छ : मन्त्री श्रेष्ठ
 काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । उहाँले उक्त सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने जानकारी दिनुभयो । आज उक्त खण्डको स्थलगत अनुगमनमा पुग्नुभएका उहाँले पत्रकारसँगको कुराकानीका क्रममा भन्नुभयो, “सडक विस्तारका विषयमा गम्भीरतापूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको थियो, केही समस्या थिए, समाधान निकालिसकिएको छ, केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्काे ठाउँमा बनाउने गरी हटाउने काम भएको र केही चौकी हटाइसकिएको छ, अब छिट्टै काम सुरु गर्छौं ।” उहाँले चिनियाँ राजदूतले पनि छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभयो । अनुगमनका क्रममा उहाँसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत चिनियाँ दूताबास तथा भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । सो क्रममा चिनियाँ राजदूत सोङले नेपाल सरकारले कामलाई तदारुकता दिएको पाइएकाले छिट्टै काम अघि बढाउने बताउनुभएको छ । यसअघि चीनले साइट क्लियर नगरेसम्म काम अघि नबढाउने बताउँदै आएकाले काममा ढिलाइ भइरहेको थियो । पत्रकारसँगको कुराकानीमा मन्त्री श्रेष्ठले स्वयम्भू अगाडिको समस्यालाई डिजाइनमै नयाँ तरिकाले समाधान गर्नुपर्ने गरी समझदारी भएको बताउनुभयो । “त्यहाँ सांस्कृतिक हिसाबले भत्काउन उपयुक्त हुँदैन भन्ने समझदारी भएको छ, डिजाइन फेरेर काम हुन्छ, पुलिसचौकी हिजै हटाइसकिएको छ, मन्दिरको समस्या समाधान भइसक्यो”, मन्त्री श्रेष्ठले भन्नुभयो, “अब मुलभूतरुपमा काम सम्पन्न हुने चरणमा गएको छ ।” उहाँले अहिलेसम्म वसुन्धरासम्मको सम्झौता भए पनि सकेसम्म महाराजगञ्ज हुँदै धोवीखोलासम्म सम्पन्न नगरिदिनुहोस् भनेर नेपाल सरकारले चीनसँग अनुरोध गरेको पनि जानकारी दिनुभयो । अनुगमनमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सार्नुपर्ने खम्बा एक–दुई ठाउँबाहेक सबै सारिसकिएको र बाँकी पनि १५ दिनभित्रमा सारिसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो ठाउँबाट कहीँ पनि समस्या छैन ।” सडक निर्माणसँगै तार भूमिगतको काम जारी रहने उहाँले जानकारी दिनुभयो । उक्त क्षेत्रमा आठ दशमलव दुई किलोमिटर दोस्रो खण्डको काम हुनेछ । यसअघि पहिलो खण्डको कोटेश्वर–कलङ्की चक्रपथ सडक विस्तारको काम सम्पन्न भइसकेको छ । मुख्य लेन चीनको अनुदानमा निर्माण हुने भए पनि दायाँबायाँ ढललगायतका काम नेपाल सरकारले नै गर्नेछ । उक्त काम सुरु भइसकेको छ । उक्त सडक विस्तारका लागि दुई देशबीच सन् २०१८ जीटुजी सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार कलङ्कीदेखि वसुन्धराको कल्भर्टसम्म दोस्रो खण्डको सडक विस्तार गर्ने उल्लेख छ । नेपाल सरकारले चाबहिल नजिक रहेको धोवीखोला पुलसम्म विस्तार गर्न आग्रह गरेको छ ।
  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १३:२७
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

बिहुँको प्रशासनिक भवन अधुरै
बिहुँको प्रशासनिक भवन अधुरै
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ ः प्रधानमन्त्री
सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ ः प्रधानमन्त्री
नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल
नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल
कैलाश ढुंगेल अनाधिकृत उच्छृङ्खल व्यक्ति : धादिङ अध्यक्ष
कैलाश ढुंगेल अनाधिकृत उच्छृङ्खल व्यक्ति : धादिङ अध्यक्ष
उड्नै लाग्दा यतिको प्लेनमा खराबी
उड्नै लाग्दा यतिको प्लेनमा खराबी
पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौँमा अपहरण परेकी बालिकाको भक्तपुरमा उद्धार
काठमाडौँमा अपहरण परेकी बालिकाको भक्तपुरमा उद्धार
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: