मनोज मानव फेरि समातिए

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १४:११
मनोज मानव फेरि समातिए

प्रहरीले युट्युबर मनोजकुमार महतो ‘मनोज मानव’ लाई फेरि पक्राउ गरेको छ। मंगलबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।

उनले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो। उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।

मानव यसअघि पनि चरित्र हत्याकै कसुरमा पक्राउ परेका थिए। उनलाई ब्युरोले गत कात्तिक २३ गते पक्राउ गरेको थियो।

उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट