हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा
  • उत्तर कोरियाली ह्याकर

पर्यटकको आकर्षक गन्तव्य बन्दै ओखरेनी

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १३:३८
पर्यटकको आकर्षक गन्तव्य बन्दै ओखरेनी
 काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चे स्थित ओखरेनीडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको सो स्थललाई भूकम्पपछिको पुनःनिर्माणले बस्तीलाई थप सुन्दर बनाएको थियो । बौद्धमार्गीको बसोबास रहेको ओखरेनीका विभिन्न स्थानमा रहेका सेता आकर्षक गुम्बा र स्तूपाले यहाँको सुन्दरतालाई अब्बल बनाएको हो । बाटैभरी र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरी राता जस्ताका एकैनास घर सो स्थानमा रहेका छन् । बस्तीका बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्ने वित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँलाई थप आकर्षित गरिरहेको जनाइएको छ । अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रङ्गिएको छ । पुस, माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले झन् यो आकर्षक पर्यटकीय गन्तव्य हो । प्राकृतिक दृश्यका लागि मात्रै नभइ अर्गानिक खाद्य तथा नगदेबालीको स्वाद चाख्न पाइने ओखरेनी हिमाली गाउँ हो । बजारमा पाइने मल पुग्दै नपुगेको यो गाउँमा पाइने आलु, मुला जिल्लामा मात्रै होइन बाहिर पनि प्रख्यात छ । चिसो ठाउँ भएकाले यहाँ धान नौ महिनामा मात्रै पाक्छ । कोदो हुँदैन । त्यसैले यहाँका बासिन्दा आलु, मुला उत्पादन भएपछि धान, मकै, कोदोसँग साट्न बेँसी झर्ने गर्थे । यहाँ आउने जङ्गली बँदेलले दुःख दिन थालेपछि किसानले आलु, मुला लगाउन विस्तारै छाड्न थालेका छन् ।“त्यसको विकल्प अहिले किबी खेती सुरु गरिएको छ,” गाउँकै अगुवा तथा स्थानीय विद्यालयकी शिक्षिका शान्ति शेर्पा भन्नुहुन्छ“गाउँमा अहिले तीन हजारभन्दा बढी बिरुवा रोपिएको छ ।” लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यो गाउँमा पाइने बँदेल, मृग, कालिज मार्न प्रतिबन्ध छ । त्यसैले पनि स्थानीयवासीले अन्य बालीको विकल्पमा किबी रोजका हुन् ।“यहाँको हावापानी अनुसार किबीको उत्पादन राम्रो हुने देखियो,” उहाँले भन्नुभयो,“गाउँपालिकाले किबी पकेट क्षेत्र घोषणा गरी किबी खेती विस्तार गरेकाले गाउँवासी उत्साहितसमेत छन् ।” ओखरेनीवासी गाउँमा आएका आगन्तुकलाई भव्य सम्मान गर्छन्, स्नेह गर्छन् । सत्कार गर्छन् । यहाँ आइपुगेका पाहुनालाई अहिले व्यक्तिकै घरमा बस्न दिइन्छ । पछिल्लो समय यहाँ पर्यटकको चासो बढेको छ ।“अब हामी होमस्टेको तयारीमा छौँ” स्थानीयवासी पदमबहादुर लामा भन्नुहुन्छ,“हामी कर तिर्छौैं, होमस्टेका लागि गाउँपालिकाले पहल गर्नुपर्छ ।” उहाँले ठाउँ अभावका कारण ठूलो सङ्ख्यामा आउने पाहुनालाई रातको समयमा छुट्टाछुट्टै राख्नुपर्ने अवस्था भएको बताउनुभयो । आकर्षक गन्तव्यस्थल भएर पनि ओखरेनी ओझेलमा छ । काठमाडौँबाट एकै दिनमा पुगेर फर्कनसमेत सकिन्छ । काठमाडौँको साँखुबाट यो ठाउँ ५८ किलोमिटरको दूरीमा पर्छ । सार्वजनिक बसको यात्रा गर्दा चावहिलको चुच्चेबाट यहाँका लागि बस छुट्छ । काठमाडौँ–बनेपा–पाँचखाल–जिरोकिलो–मेलम्ची–नवलपुर–गुफाडाँडा हुँदै ओखरेनी आएर बास बस्न सकिन्छ । त्यस्तै जिल्ला सदरमुकाम चौताराबाट २२ किलोमिटरको दूरीमा रहेको ओखरेनीका लागि अर्काे ‘रुट’ झनै रमणीय छ । चौताराबाट गौराती मन्दिर हुँदै स्याउले बजार पुगिन्छ । स्याउले बजारबाट उकालो लागेपछि विभिन्न बासनादार वनस्पतिको स्वाद लिँदै सानो ओखरेनी पुगिन्छ ।
  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १३:३८
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

पूर्वप्रधानमन्त्रीद्वय देउवा र  नेपालद्वारा मतदान
पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालद्वारा मतदान
मिटर ब्याजी पीडतसँग गृहमन्त्रालयको टोलीको भेट
मिटर ब्याजी पीडतसँग गृहमन्त्रालयको टोलीको भेट
नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दारको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दारको सरुवा (सूचीसहित)
प्रधानमन्त्रीको निर्देशनपछि उपकुलपतिको ‘सेटिङ्गवाला’ विज्ञापन रद्ध
प्रधानमन्त्रीको निर्देशनपछि उपकुलपतिको ‘सेटिङ्गवाला’ विज्ञापन रद्ध
डायलायसिस सेवा लिन  पालो पर्खिँदै
डायलायसिस सेवा लिन पालो पर्खिँदै
फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार
फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार
मन्त्रालयको नाम परिवर्तन
मन्त्रालयको नाम परिवर्तन
अक्षय त्रितीया पर्व मनाइँदै
अक्षय त्रितीया पर्व मनाइँदै
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: