रामबहादुर बम्जनलाई बलात्कारको मुद्धा हाल्ने युवतीका बुबाको शंकास्पद मृत्यु

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० 0९:५८
रामबहादुर बम्जनलाई बलात्कारको मुद्धा हाल्ने युवतीका बुबाको शंकास्पद मृत्यु

बाराको रतनपुरीस्थित जंगलको आश्रममा बस्दा बाल यौन शोषण गरेको अभियोगमा महोत्तरी जिल्ला कारागारमा रहेका रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा सवारी दुर्घटनामा मारिएका छन्।

सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो। ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ।

दुर्घटनामा परी गम्भीर घाइते किशोरीको बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो। मृतकका आफन्तले षड्यन्त्र गरी मारिएको हुन सक्ने आशंका गरेका छन्। ती किशोरीका बुवाले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए।

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० 0९:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट