युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १५:४३
युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ ।

नेपालले लिग टु अन्तर्गत फागुन १५ गते देखि २२ गते सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछन ।
उच्च अदालतले धरौटीमा छोड्दा विदेश जान नपाउने आदेश दिएको थियो । लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेको हो ।नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ । उनलाई क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने टिममा राखेको थियो ।

 

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १५:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट