नेप्सेमा ५७ अंक माथिको पहिरो

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १५:५४
नेप्सेमा ५७ अंक माथिको पहिरो

काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७ अंक माथिको पहिरो गएको छ ।

यसदिन नेप्से सूचक ५७.७४ अंक अर्थात् २.७८ प्रतिशतले घट्दै २ हजार २२.६४ अंकमा झरेको हो ।  केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुको नाफामा संकुचन ल्याउने गरी ब्याजदर र लाभांश वितरणमा अंकुश लगाउँदै निर्देशनमा संशोधन गरेसँगै आज लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा तीब्र गिरावट आएको छ । जसले समग्र सूचकमा नै प्रभाव पर्न गएको हो । नेपाल स्टक एक्सचेञ्ज अनुसार आज गुमाउनेमा अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् । चार दर्जन हारहारीका लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

माइक्रोफाइनान्स समूहको उपसूचक ९.५४ प्रतिशतले घट्दैगर्दा अन्य १२ वटा उपसूचक समेत ऋणात्मक eP/ आज सेयर बजार नै राताम्मे हुन पुगेको छ ।  आज कुल २ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता सेयर कारोबार भएको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट