टेम्पो ब्रेकफेल, चालकसहित ४ जना घाइते

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १६:२२
टेम्पो ब्रेकफेल, चालकसहित ४ जना घाइते

काठमाडौँ । अनामनगरबाट रत्नपार्फ गइरहेको बा१ह ३७४४ नम्बरको टेम्पो ब्रेकफेल भएर दुर्घटना भएको छ ।
टेम्पो न्यु प्लाजा नजिकैको पार्किङभित्र छिराएर ठुलो दुर्घटना हुनबाट जोगिएको छ। पार्किङ भित्र रहेका ४ वटा कारमा ठोक्किएको छ। दुर्घटनामा परेर टेम्पोका चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि काठमाडौँ मोडेल अस्पताल लगिएको छ। टेम्पोमा ब्रेक फेल भएपछि टेम्पो चालकले खाली ठाउँ खोज्दै हिँडेका थिए । त्यही क्रममा न्यु प्लाजामा रहेको प्राइम कमर्सियल बैंकको पार्किङ भित्र टेम्पो छिरेपछि त्यहाँ पार्किङमा रहेका कारहरूलाई ठक्कर दिएको थियो । जसले गर्दा कारहरूमा पनि क्षति पुगेको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट