सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ ११:२४
सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय रामोसले बिहीबार सामाजिक सन्जालमा वक्तव्य सार्वजनिक गर्दै सन्यासको घोषणा गरेका हुन् ।

हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट खेल्दै आएका डिफेन्डर रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन् । जसमा उनले २३ गोल समेत गरेका थिए ।
उनले स्पेनका लागि सन् २००८ र २००१२ को युरोकप र २०१० को विश्वकप जिते । रामोस पछिल्लो पटक कतारमा भएको विश्वकपमा भने टोलीमा अटाएनन् ।
उनले खेल क्षेत्रबाट अब बाहिरीने समय आएको बताएका छन । स्पेनका प्रशिक्षक डे ला पुएन्टेले सम्पर्क गरेर आफ्नो योजनामा नरहेको बताएपछि रामोसले सन्यास लिने निर्णयमा पुगेको जनाएका छन् । उनले २०२१ मार्चदेखि स्पेनका लागि खेलेका थिएनन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट