नेप्से ३५ अंकले बढ्यो, सात अर्बको कारोबार

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १५:३0
नेप्से ३५ अंकले बढ्यो, सात अर्बको कारोबार

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३५.३९ अंकले बढेको छ । यससँगै नेप्से २१४१.८६ विन्दुमा पुगेको छ ।

मंगलबार नेप्से ४५.९५ अंकले बढेको थियो । सोमबार ३८.१४ र आइतबार नेप्से २७.७५ अंकले बढेको थियो ।

बुधबार ११ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ भने, दुई वटा होटेल तथा पर्यटन र निर्जीवन बिमा उपसमूहमा गिरावट आएको छ ।

आज एक करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर सात अर्ब ९५ लाख ७५ हजा १७६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । १६१ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँचको स्थिर छ ।

११ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कुमारी धनवृद्धि योजनाको सेयर मूल्य सर्वाधिक ३.८२ प्रतिशतले घटेको छ ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट