नेता भूसालले राष्ट्रपतिको निर्वचानमा एमालेसँग गठबन्धन नहुने बताए

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १३:५३
नेता भूसालले राष्ट्रपतिको निर्वचानमा एमालेसँग गठबन्धन नहुने बताए

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले राष्ट्रपतिको निर्वचानमा एमालेसँग गठबन्धन नहुने बताएका छन् ।

बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति गरेकोले अर्को खालको गठबन्धन नहुने उनले दाबी गरे । कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा आ(आफ्नो दाबी गरेपनि अब चारवटै दल एउटा निर्णयमा पुग्ने उनको भनाइ छ । राष्ट्रपति एकीकृत समाजवादीले लिने भन्ने प्रस्ताव भएपश्चात् कांग्रेसले पनि दोहोर्‍यायो । सबै दलको आ(आफ्ना दाबी रहेको तर यो दाबी सँगै जाने भन्ने सैद्धान्तिक सहमति भयो । यो विषय साँझ बस्ने बैठकले टुंगो लगाउने नेता भूसालले जानकारी दिए । अहिलेका दलहरुको सहमति हुने र अब अर्को एलायन्स नहुने भन्दैँ राष्ट्रपति निर्वाचनमा एमालेसँगको गठबन्धन नबन्ने दाबी गरे । शीर्षस्थ नेताहरुबीच दिउँसो फेरि छलफल हुने र त्यसले प्रस्तावहरु बनाउन सक्ने जानकारी दिए । अरु शक्ति बाँडफाँटबारे मोटो कुरा मात्र हुन्छन्, अहिले हामी राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक कुरा गर्छौं ।

 

 

 

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट