इजरायलबाट २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज राति काठमाडौं आइपुग्ने

  • मिसन संवाददाता
  • बिहिबार, अशोज २५, २०८० १९:२९
इजरायलबाट २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज राति काठमाडौं आइपुग्ने

काठमाडौँ । इजरायलबाट  नेपाली विद्यार्थी बोकेको नेपाल एयरलायन्सको वाइडबडी जहाज नेपाल आउँदै छ ।

इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको थियाे ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो ।

नेपाली बोकेर इजरायलबाट उडेको विमान आज  राति साढे १ बजे काठमाडौंमा अतवरण हुनेछ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका थिए ।

  • मिसन संवाददाता
  • बिहिबार, अशोज २५, २०८० १९:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट