काठमाडौं । नेपाल राष्ट्र बैंकको परिमारजीत नियम अनुसार भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागु हुने भएको छ । तर कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ र ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा नहुने नेपाल राष्ट्र बैंकको नयाँ नियममा उल्लेख गरिएको छ । राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो ।उक्त निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गरिएको हो ।