प्रचण्डजीले पुस १०को सम्झौताअनुसार एमालेलाई भोट हाल्नुहुन्छः ओली

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १२:५२
प्रचण्डजीले पुस १०को सम्झौताअनुसार एमालेलाई भोट हाल्नुहुन्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै भोट हाल्ने बताएका छन्।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सम्झौताअनुसार नै भोट हाल्ने यकिन भएको बताए।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

‘समस्या नै छैन। हामीले पुस १० गते नै सहमति गरेका छौं। अलिकति प्रचण्डजीले मलाई अप्ठेरो पर्‍यो, दबाब पर्‍यो भनिराख्नुभएको छ। उहाँले पुस १० गतेको सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग यकिन नै छ,’ उनले भने।

आठ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे गरिएको प्रश्नमा दलका नेतालाई चिया खान बोलाएको बताए। चिया खान बोलाएको जति सबै भोट नै हुन् भन्दै उनले प्रश्न गरेका हुन्।

‘एमालेलाई समर्थन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरो र दबाब परेकोबारे पनि बताउँदै आएको ‌ओलीले बताए।

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट