महामन्त्रीसंग फायर देउवाले बैठक बोलाए

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन ७, २०८० १८:३८
महामन्त्रीसंग फायर देउवाले बैठक बोलाए

महासमिति बैठक उद्घाटन भए पनि कतिपय विषयमा सहमति नभएपछि छलफलका लागि सभापति शेरबहादुर देउवालले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन्।

महामन्त्रीहरूको राजनीतिक दस्तावेज देखि अन्यमा सहमति नभएपछि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन्। बैठक देउवा निवास बुढानीलकण्ठमा केही बेरमा सुरु हुँदैछ।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमा देउवाको असहमति छ। खासगरी महामन्त्री थापाको प्रतिवेदनमा गठबन्धनको विषयलाई लिएर देउवाले सच्चाउनसमेत भनेका थिए। तर महामन्त्री तयार नभएपछि सभापतिले बैठक बोलाएका हुन्।

थापाले प्रस्तावमा उल्लेख गरेको चुनावी गठबन्धनसम्बन्धी विषय र शर्माको प्रस्तावमा रहेको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको सन्दर्भ हटाउनुपर्ने अडानमा देउवा छन्। महामन्त्रीले यी विषयलाई प्रस्तावबाट हटाउन अस्वीकार गरेपछि कांग्रेसभित्र राजनीतिक प्रस्तावहरू सहमतिमै तयार पार्ने विषय थप पेचिलो बन्दै गएको छ। कांग्रेसले तयार पारेको कार्यतालिकाअनुसार मंगलबार बिहान ९ बजे बस्ने महासमिति बैठकमा सबै प्रस्तावहरू पेस गर्नुपर्नेछ।

तर, अहिलेसम्म पनि सहमति नजुटेपछि सहमतिको उपाय खोज्न देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। यसअघि महामन्त्रीहरू थापा र शर्मासँग भएका एक्लाएक्लै छलफलमा सहमति जुट्न नसकेपछि उदघाटन सत्र सुरु भएको थियो। काठमाडौं ३, ओखलढुंगा र दोलखामा महासमिति सदस्यको विवाद भएकाले त्यसमा पनि छलफल हुने देउवा निकट एक नेताले बताए।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन ७, २०८० १८:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट