यी हुन् नेम्वाङका प्रस्तावक र समर्थक

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १४:१४
यी हुन् नेम्वाङका प्रस्तावक र समर्थक

काठमडौं । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका सुवास नेम्वाङको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली रहेका छन्।

यस्तै, अन्य प्रस्तावकहरुमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन्।

यस्तै, समर्थकमा सचिवहरू योगेश भट्टराई, टोपबहादुर रायमाझी रहेका छन्। यस्तै, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के पनि समर्थक रहेका छन्।

नेम्वाङले शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितका दलको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउँदैछन्।

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट