ललितपुरका सुरक्षा प्रमुख जिम्मेवारी मुक्त

  • मिसन संवाददाता
  • शनिबार, पुस १४, २०८० १७:३१
ललितपुरका सुरक्षा प्रमुख जिम्मेवारी मुक्त

दुई जना युवकको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ ।

गृह मन्त्रालयले ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई मन्त्रालयमा तानेको हो ।

शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबिच भएको छलफलमा प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट निर्णय भएको थियो ।

  • मिसन संवाददाता
  • शनिबार, पुस १४, २०८० १७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट