काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानो साथी भएकाले आफूलाई सहयोग गर्ने बताएका छन्। शनिबार बानेश्वरस्थित संसद भवनमा राष्ट्रपतिका लागि मनोनयन दर्तापछि पत्रकारसँगको कुराकानीमा ओली पुरानो साथी भएको बताए।
‘एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय। पुरानो साथी हो। उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु,’ उनले भने।
उनले आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे।