हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट

आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १0:३३
आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि
काठमाडौँ । धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ । धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका विवेक न्यौपाने र मनोज भौदारको जोडीलाई पराजित गर्दै आर्मीको टिमले रु एक लाख २१ हजार नगद, ट्रफीसहित उपाधि जितेको हो । प्रतियोगितामा लाफा समूहको न्यौपाने र भौदारको टिम उपविजेता बन्दै रु ७१ हजार नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत भएको छ । खुलातर्फ पोखराका विशाल बस्नेत र प्रविन सिंह एवं काठमाडौँका दीपक राना र राम मल्ल ठकुरीको जोडीले तृतीय स्थान हासिल गरेको छ । उक्त तृतीय स्थान हासिल गर्ने टोली रु ५१ हजार नगदरसहित पुरस्कृत भएको आयोजक प्रहरी पब्लिक ब्याडन्टिन क्लब कोषाध्यक्ष राजेन्द्र बमले जानकारी दिनुभयो । त्यसैगरी ४५ वर्ष उमेर समूहमाथिको भेट्रान ब्याडमिन्टन प्रतियोगितामा नेपालगञ्जका जयन्त श्रेष्ठ र अनिल लाखेको जोडीले जितेको छ । प्रतियोगिताको फाइनलमा बर्दघाटका बेल छन्त्याल र कर्ण विकको टिमलाई पारजित गर्दै श्रेष्ठको जोडी उपाधि विजेता बनेको हो । उक्त संस्करणको विजेता श्रेष्ठको टिमले रु ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र र उपविजेता छन्त्यालको टिमले रु ३१ हजार नगद प्राप्त गरेको छ भने भेट्रानतर्फ धनगढीका शैलेन्द्र श्रेष्ठ÷वीरेन्द्र विष्ट र केशव भट्ट र भोजराज भट्टले तृतीय स्थान हासिल गर्दै रु २१ हजार नगदसहित पु्रस्कृत भएका छन् । त्यसैगरी प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय ‘बी’ लेबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका गणेश मिश्रा र सिछराज ओझाको जोडीले जित्दै रु ३१ हजार नगदसहित पुरस्कृत भएको छ । सो प्रतियोगितामा ‘बी लेवल’तर्फ कपिल बम र कमाण्डौ कठरियाको जोडी उपविजेता बन्नुका साथै केशव भट्ट÷भोजराज भट्ट र नरेन्द्र चन्द र गणेश कठायतले तृतीय स्थान हासिल गरेको आयोजकले जनाएको छ । उपविजेता टिमले रु २१ हजार र तृतीय स्थान हासिल गर्ने टिमले रु ११ हजार नगद, ट्रफीसहित पुरस्कृत भएका छन् । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल एक सय टिमको सहभागिता रहेको प्रहरी पब्लिक ब्याडन्टिन क्लब कोषाध्यक्ष बमले जानकारी दिनुभयो । धनगढीका प्रतिष्ठत व्यवसायी एवं ब्याडमिन्टनका अग्रज खेलाडी चेतराज जोशीले आफ्ना स्व बुवा धर्म र आमा पशुपतिको स्मृतिमा खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नुभएको थियो ।
  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १0:३३
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
१३०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा : को को परे ? [सुचिसहित]
१३०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा : को को परे ? [सुचिसहित]
नेपाल एसिया कपमा छनोट
नेपाल एसिया कपमा छनोट
सुकुम्बासीको तथ्याङ्क सङ्कलन
सुकुम्बासीको तथ्याङ्क सङ्कलन
झाडीले भरिएको बगर खेलमैदानमा परिणत
झाडीले भरिएको बगर खेलमैदानमा परिणत
एयरपोर्टका कर्मचारीले गृहमन्त्रीलाई भने, ‘सेवा ठप्प पार्छौ’ !
एयरपोर्टका कर्मचारीले गृहमन्त्रीलाई भने, ‘सेवा ठप्प पार्छौ’ !
आलेख : रासायनिक मलको विकल्पमा जैविक मल
आलेख : रासायनिक मलको विकल्पमा जैविक मल
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधनसम्बन्धी विधेयक पारित
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधनसम्बन्धी विधेयक पारित
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: