हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १0:४0
अलैँची बिक्रीबाट रु २० करोड आम्दानी
अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष रु नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए । यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका थिए । कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट रु १५ करोड आम्दानी गरेका थिए । विसं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले रु १२ करोड आम्दानी गरेका थिए । विसं २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची उत्पादन गर्दै बिक्री भएको बताउनुभयो । दश रोपनी क्षेत्रफलमा लगाएको अलैँची खेतीबाट यस वर्ष सात क्विन्टल ९४ किलो उत्पादन भएको उहाँको भनाइ छ । उहाँले यसपटक करिब ५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । गत वर्ष जम्मा तीन क्विन्टल ८० किलो बिक्रीबाट झण्डै रु चार लाख प्राप्त भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो रु दुई हजारसम्मसमेत बिक्री गरेको थिएँ ।” सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै–थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष चार÷पाँच किलो उत्पादन गर्ने किसानले यस वर्ष १५–२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन् । सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष एक सय १३ क्विन्टल बिक्री गरेका छन् । अलैँची किसान गुरुङले भन्नुभयो, “बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ । तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन् । बाध्यता छ, यहाँ राखेर मात्र काम छैन, पैसा चाहिन्छ । राखेर पनि पछि उनीहरुलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन ।” मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उहाँले सुनाउनुभयो । किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार दुई सयसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए । तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् । जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण कृषकको मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् । जिल्लामा एक हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर , दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार दुई सयदेखि एक हजार छ सय मिटर उचाइमा गोलशाही र त्यसदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् ।
  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १0:४0
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

सडक विस्तारको काम सकिँदै
सडक विस्तारको काम सकिँदै
स्वास्थ्य जोखिममा पारेर गर्भपतन
स्वास्थ्य जोखिममा पारेर गर्भपतन
बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त जमिनमा पुर्‍याउन अध्ययन 
बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त जमिनमा पुर्‍याउन अध्ययन 
कोशीमा ‘चिप्लिए’ शेखरका मुख्यमन्त्री !
कोशीमा ‘चिप्लिए’ शेखरका मुख्यमन्त्री !
यातायात मजदुरलाई मासिक प्रशिक्षण
यातायात मजदुरलाई मासिक प्रशिक्षण
सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय
सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय
बलात्कारको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
बलात्कारको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय भएन
संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय भएन
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: