बलात्कारको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १९:११
बलात्कारको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्।

लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई सजायको आदेश दिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् ।

यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन ।

अदालतले गौशाला २६ लाई बालिग ठहर्याएको छ । उमेरले बालिग भएपनि जबरजस्ति करणी गरेको भन्दै अदालतले सन्दीपलाई सजाय सुनाएको हो ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट