राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न रास्वपाले बोलायो बैठक

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ ११:२0
राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न रास्वपाले बोलायो बैठक
काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार बैठक बस्न लागेको स्रोले बतायो ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।
कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए।
राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने सहमति गर्न शुक्रबार बसेको ८ दलको बैठकमा रास्वपालाई बोलाइएको थिएन।
  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट