डिआईजीसंग जोडेर आएको समाचारमा सत्यता छैन : इमाम मियाँ ठकुराई

  • मिसन संवाददाता
  • मङ्लबार, माघ ९, २०८० 0९:२३
डिआईजीसंग जोडेर आएको समाचारमा सत्यता छैन : इमाम मियाँ ठकुराई

दृष्टी साप्ताहिकमा प्रकाशित समाचारको व्यहोरालाई ‘डिआइजीलाई घुमुवा खटाएर असुली गरेको बात लाग्यो’ शिर्षकमा प्रकाशित गरेपछि सशस्त्र प्रहरी सहायक हवल्दार इमाम मियाँ ठकुराईबाट खण्डन प्राप्त भएको छ ।

खण्डनमा ठकुराईले भनेका छन्, ‘तपाइको अनलाईन पोर्टलमा उल्लिखित मितिको डिआइजीलाई घुमुवा खटाएर असुली गरेको वात लाग्यो शीर्षकको समाचारमा पत्रकार आचार संहिता २०७३ लाई कति पनि ख्याल नगरिकन एकपक्षीय रुपमा मेरो व्यक्तिगत चरित्र हत्या एवं संगठनको छविमा समेत प्रश्न चिन्ह उठ्ने गरि छापिएका अनेक तथ्यहिन कुरामा कुनै पनि सत्यता नभएको हुनाले सो प्रकारको अनर्गल, तथ्यहीन र एक प्रकारले प्रायोजित समाचारमा मसँग कुनै पनि प्रकारको सम्पर्क नगरिकन प्रकाशित समाचारप्रति मेरो तथा सिंगो संगठनको समेत गम्भीर ध्यानाकर्षण भएको व्यहोरा बाट अवगत गराउन चाहन्छु ।’

उनले आफु विगत १४ वर्ष देखि संगठन, देश र देशवासीको सेवा र सुरक्षामा अनवरत खटीइरहेको सशस्त्र प्रहरी कर्मचारी भएको बताउंदै पेशाको यो जीवनमा संगठनको निति निर्देशन तथा आचार संहिता निवेद अनुसार माथिल्लो कमाण्डरले लाई अहाएको काम त्रुटिरहित ढंगबाट सम्पादन गरि अलग छवि निर्माण गर्न सफल सप्रक भएको बताएका छन् ।

बाथ रोगको कारण बेला बखत अस्पताल धाइरहनु पर्ने भएको कारण म हाल कान,हडी तथा वाथरोगको शसस्त्र प्रहरी हस्पितल, वलम्वुमा रमाना लिई नेपाल एपिएफ को लाईन व्यारेकमा वसी उपचारत भै कार्यरत रहेको पनि उनले स्पष्ट पारेका छन् ।

घरायसि कामले बिदामा रहेका एक राष्ट्रसेवकको फोटोको समेत प्रयोग गर्दै प्रकाशित समाचार दृष्टिबाट साभार गरिएको तर हाम्रो मिसनले असावधानीवश प्रकाशित गरेको समाचार प्रति क्षमायाचना गर्दै यो खण्डन प्रकाशित गरिएको छ – सम्पादक ।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ ९, २०८० 0९:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट