आगामी ३० दिनभित्र प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुपर्ने

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १३:३२
आगामी ३० दिनभित्र प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुपर्ने

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी ३० दिनभित्र प्रतिनिधिसभाबाट फेरि विश्वासको मत लिनुपर्ने भएको छ । सरकारलाई दिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनमा भएको सहमतिविपरीत अर्को आठदलीय गठबन्धन बनाएपछि राप्रपाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको हो । राप्रपाका मन्त्रीहरूले शनिबार नै प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा बुझाएका हुन् । संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ । त्यसरी पेश भएको प्रस्ताव तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडे पनि सरकारलाई दिएको समर्थन कायम राखेको थियो भने राप्रपाले सरकार छोडेर समर्थन पनि फिर्ता लिएको छ । संविधानको व्यवस्थाबमोजिम आगामी चैत १२ गतेभित्र प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने छ ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहित ७ दल र स्वतन्त्र सांसद समेतको समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका दाहालले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । नेताहरूका अनुसार प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन् । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा माओवादीको ३२ सिटमात्रै रहेको छ । दाहालले आफ्नो सरकार टिकाइ राख्नको लागि एमाले र कांग्रेससँग तालमेल मिलाएर अघि बढ्ने रणनीतिमा छन् । त्यसबेला प्रतिनिधिसभामा उपस्थित २७० सांसदमध्ये २६८ ले दाहाललाई विश्वासको मत दिएका थिए ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट