कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ३२, २०८० १४:४३
कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा कलाकार  मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), बेगम नेपाली (भटभटे) पवन खतिवडा (म्याकुरी), एलिश राई, गणेश देवकोटा (जीडी), जालन घर्ती मगर र सरोज घिमिरे (ढेडु बुडो) रहेका छन् ।

उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको र  पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।

 

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ३२, २०८० १४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट