हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी
  • नेपाल बार एशोसिएशन
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला

पाँच वर्षपछि पुनः प्रयोगमा ल्याइँदैँ वायोग्यास प्लान्ट

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १३:३९
पाँच वर्षपछि पुनः प्रयोगमा ल्याइँदैँ वायोग्यास प्लान्ट
काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ । कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो । यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ । “छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा छौँ”, उहाँले भन्नुभयो । उक्त परियोजना लागि युरोपियन युनियनले रू चार करोड ६० लाख र कामपाले रू एक करोड ८२ लाख लगानी गरेका थिए । एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ । उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ । विसं २०७०देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा २०७४ सालदेखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो । लामोसमयदेखि वायोग्यास प्लान्ट बन्द हुँदा वायोग्यास उत्पादनमा समस्या हुनाका साथै वायो ऊर्जासम्बन्धी नेपालमा अध्ययन तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई समस्या भएकाले पुनः जडान गर्न लागिएको बताइएको छ । सञ्चालनका लागि दक्षजनशक्ति अभावका कारण पाँच वर्षदेखि प्रयोगविहीन हुँदै आएको उक्त प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपालाई कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १३:३९
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
नेपाल र यूएईबीच भोलि हुने खेल निशुल्क हेर्न पाइने
नेपाल र यूएईबीच भोलि हुने खेल निशुल्क हेर्न पाइने
पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किराँतीको निर्देशन
पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किराँतीको निर्देशन
आज ४ संसदीय समितिको बैठक बस्दै
आज ४ संसदीय समितिको बैठक बस्दै
भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्ट्राचारको मुद्धा दर्ता
भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्ट्राचारको मुद्धा दर्ता
माओवादीको बुढानिलकण्ठ नगर भेला सम्पन्न : प्रधानमन्त्रीद्वारा सम्बोधन
माओवादीको बुढानिलकण्ठ नगर भेला सम्पन्न : प्रधानमन्त्रीद्वारा सम्बोधन
तीनै तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने
तीनै तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने
राष्ट्रपति रनिङ शिल्ड ः पाँचखाल प्रथम
राष्ट्रपति रनिङ शिल्ड ः पाँचखाल प्रथम
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: