जनयुद्ध दिवसकै दिन माओवादीले विधान अधिवेशन सुरु गर्ने

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० १८:३१
जनयुद्ध दिवसकै दिन माओवादीले विधान अधिवेशन सुरु गर्ने

नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आगामी फागुनमा हुने भएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले आगामी फागुनमा विधान अधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार फागुन १,२ र ३ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय भएको छ। फागुन १ लाई माओवादीले जनयुद्ध दिवस मान्दै आएको छ ।

शनिबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए। प्रदेश इन्चार्जहरूको रिपोर्ट सुनेपछि अध्यक्ष प्रचण्डले त्यसको संश्लेषण समेत सुनाएको प्रवक्ता सापकोटाले बताए।

बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधारसमेत तय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए।

बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो। बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति बनाएको छ।

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० १८:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट