हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा

परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीको स्वागत

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १३:४९
परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीको स्वागत
काठमाडौँ । (रासस) : मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज बिहान ध्रुवकुण्डमा इस्लाम धर्मावलम्बीले स्वागत गरेका छन् । यात्राको सातौँ दिनको विश्रामका लागि आज ध्रुवकुण्ड आइपुगेका यात्रीलाई स्थानीय इस्लाम धर्मावलम्बीले स्वागत गरेका हुन् । महोत्तरीको बलवा नगरपालिकाको धमौरास्थित ध्रुवकुण्ड वरपरका बस्ती अहिले मुस्लिम बसोबास बाहुल्य छन् । जिल्लाको मडैमा छैटौँ दिनको रात्रिविश्राम गरेका यात्री आज बिहानदेखि ध्रुवकुण्ड पुग्दैछन् । आफ्नो ठाउँमा आइपुगेका यात्रीलाई ध्रुवकुण्ड नजिकका धमौरा, रौजा र अधियानपुरसहितका बस्तीका इस्लाम धर्मावलम्बीले आज बिहान स्वागत गरेका हुन् । ध्रुवकुण्ड आइपुगेका यात्रीलाई फूलमाला र गम्छा ओढाएर सम्मान गर्दै बिहान इस्लाम धर्मावलम्बीले स्वागत गरेका छन् । जिल्लामा इस्लाम (मुस्लिम, मुसलमान) धर्मावलम्बीको सघन बसोबास रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड अवस्थित छ । सत्ययुगमा राजकुमार ध्रुव (पछि राजा) ले तपस्या गरेको ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । आफ्नो ठाउँ १५ दिने माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहँदै आउनु गौरवको कुरा भएको इस्लाम धर्मावलम्बी बताउँछन् । “यहीँ (धमौरा) हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल ध्रुवकुण्ड छ, यहीँ नै केही दूरी पर इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअलीबाबाको पवित्र मजार (समाधीस्थल) छ”, धमौराका बासिन्दा मन्सुल कवारी भन्नुहुन्छ, “हिन्दूहरु मजारस्थलमा श्रद्धा जनाउँदै मन्नत (आशिष) माग्न आउँछन्, हामी इस्लाम धर्मावलम्बी ध्रुवकुण्डको विकासबारे चासो राख्छौँ ।” मजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले हिन्दू र मुसलमान दुवैको उत्तिकै चासोमा पर्ने मन्सुलको भनाइ छ । आज बिहान यात्राको सातौँ दिनको रात्रिविश्रामको प्रबन्धमा मुस्लिम आफ्ना छिमेकी हिन्दूसँगै तल्लीन देखिन्छन् । “यात्री हाम्रो ठाउँमा राम्रोसँग बस्न सकुन्, यो ठाउँ सबैको मनमा रहन सकोस्, हामी यो चाहान्छौँ”, धमौराका ७५ वर्षीय इस्लाम धर्मावलम्बी हासिम कवारी भन्नुहुन्छ, “यात्रीको स्वागत, बसोबास र अन्य प्रबन्ध ठिकठाक रहन सकोस् भन्ने हाम्रो प्रयत्न हो ।” यो मध्यमा परिक्रमा आपूmहरुका लागि अतिथि सत्कारको खास अवसर रहँदै आएको इस्लाम धर्मावलम्बीको भनाइ छ । “मिथिला माध्यमिकी परिक्रमा हाम्रो ठाउँ चिनाउने खास अवसर हो”, धमौराको अधियानपुरका बासिन्दा इस्लाम धर्मावलम्बी अमानुल्ला शेष भन्नुहुन्छ, “माध्यमिकी परिक्रमाको यो अवसरलाई आफ्नो ठाउँको विकासमा प्रयोग गर्न जान्नु पर्दछ, यसका लागि यात्रीको सुरक्षा, आवास र उपचार व्यवस्था हाम्रा खास दायित्वका कुरा हुन् ।” हिन्दू परम्पराको मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड (धमौरा) इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताको ठाउँ हो । धमौराका अधियानपुर, रौजाबजार, धमौराटोल र भगवतीपुर बस्तीमा इस्लाम धर्मावलम्बीको बसोबास छ । यस ठाउँमा परिक्रमाको साताँै दिनको विश्राम परम्परालाई स्वागत गर्नसके र राम्रो बिदाइ गर्नसके धार्मिक सद्भावको सन्देशसमेत प्रवाहित हुने इस्लामधर्मावलम्बी बताउँछन् । “मिथिला माध्यमिकी परिक्रमा धर्मको बन्धनले कसिएको हामी ठान्दैनौँ”, धमौराको भगवतीपुरका अर्का इस्लाम धर्मालम्बी मञ्जुर अन्सारी भन्नुहुन्छ, “मिथिलाको महाकुम्भ भनिने यो यात्रा सिङ्गो मिथिला क्षेत्रको साझा संस्कृति बनिसकेको छ ।” धमौरामा मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहेको ध्रुवकुण्ड र रौजास्थित इस्लाम धर्मावलम्बीको पवित्र धार्मिकस्थल रौजामजार रहेका छन् । इस्लाम धर्मावलम्बी गदालीबाबासहित तीन जना सन्तको रौजामजारमा बर्सेनि हजारौँ सङ्ख्याका हिन्दू दर्शन र मन्नत (इच्छित मनोकामना) माग्न र भाकल दिन पुग्ने गरेका छन् । धमौराको विकासमा यी दुवै पक्षलाई उजागर गरेर उज्याला सम्भावना बढाउन सकिने कुरामा यहाँ (धमौरा) का हिन्दू, इस्लाम दुवै धर्मावलम्बी सहमत देखिन्छन् । माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरुको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू र इस्लाम धर्मावलम्बी नबाँडिए झैँ रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू तथा इस्लाम धर्मावलम्बी सँगसँगै हातेमालो गर्ने गरेका यहाँका बुढापाका बताउँछन् । “ध्रुवकुण्ड र रौजामजार हाम्रा साझा वैभव हुन्”, धमौराकै बासिन्दा ६० वर्षीय सुशील यादव भन्नुहुन्छ, “आफ्नो ठाउँको चिनारी विस्तार गर्न र विकासका लागि यी दुवै सम्भावना बढाउन हामीले नै पहलकदमी लिनपर्छ ।” मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा रहँदै आएको छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट सुुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् । आज ध्रुवकुण्डमा रात्रिबासपछि सोमबार यात्री कञ्चनवनका लागि प्रस्थान गर्नेछन् । मिथिलाको महाकुम्भ भनिने १५ दिने यो परिक्रमामा सहभागी हुँदा मन पवित्र हुने यात्री बताउँछन् । पारिवारिक कल्याण र मोक्षको कामनाका साथ गरिने यो यात्रामा नेपाल र भारतका गरी एक सय ३३ किलोमिटरको वृत्तभित्र परिक्रमा गरिन्छ । यस अवधिमा महोत्तरीमा पाँच, धनुषामा छ र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा रहँदै आएको छ ।
  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १३:४९
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प
बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प
दाेलखामा ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित सुन तस्करी मुद्दा
दाेलखामा ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित सुन तस्करी मुद्दा
प्रश्नपत्र दिने बहानामा यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
प्रश्नपत्र दिने बहानामा यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
उत्तर–दक्षिण करिडोरका दुई दर्जन पुल सुरु हुनै बाँकी
उत्तर–दक्षिण करिडोरका दुई दर्जन पुल सुरु हुनै बाँकी
दोलखामा बिहानै भुकम्प
दोलखामा बिहानै भुकम्प
पशुमा फैलिँदै लम्पीस्किन सङक्रमण
पशुमा फैलिँदै लम्पीस्किन सङक्रमण
आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै
आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: