दाेलखामा ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित सुन तस्करी मुद्दा

  • मिसन संवाददाता
  • शुक्रबार, अशोज १२, २०८० १४:0६
दाेलखामा ४ किलो सुनसहित पक्राउ परेका ५ जनाविरुद्ध संगठित सुन तस्करी मुद्दा

काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ परेकाहरू विरुद्ध प्रहरीले संगठित सुन तस्करीको मुद्दामा अनुसन्धान सुरू गरेकाे छ ।

बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ छन् ।

आरोपितहरू विरुद्ध भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको दोलखाका डिएसपी दीपक खड्काले  बताए ।

 

  • मिसन संवाददाता
  • शुक्रबार, अशोज १२, २०८० १४:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट