ट्रकको ठक्करबाट दुई साइकलयात्रीको मृत्यु, एघार जना गम्भीर घाइते

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १३:५१
ट्रकको ठक्करबाट दुई साइकलयात्रीको मृत्यु, एघार जना गम्भीर घाइते

अमेरिकाको दक्षिणपश्चिमी राज्य एरिजोनामा शनिबार बिहान पिकअप ट्रकले ठक्कर दिँदा दुई जना साइकलयात्रीको मृत्यु भएको छ भने अन्य ११ जना गम्भीर घाइते भएका छन् । एरिजोनाको राजधानी सहर फिनिक्सको उपनगर गुडइयरस्थित कटन लेन ब्रिजमा उक्त दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनापछि ट्रक चालक घटनास्थलमै बसेको गुडइयर प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जनाएका छन् । शनिबार नै पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट