ओलम्पिक छनोटको खेल नेपालमा हुने

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १४:१९
ओलम्पिक छनोटको खेल नेपालमा हुने

काठमाडौँ । फ्रान्न्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन् । छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन् । ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन् । ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ । नेपालले ओलम्पिक तयारीस्वरुप भारतसित दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट