पोखराबाट जिप चोर पक्राउ

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० ११:२४
पोखराबाट जिप चोर पक्राउ

पोखरामा जिप चारी गरी लैजाँदै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका १४ खाल्टेमसिना बस्ने वर्ष २० का गोविन्द परियार रहेका छन्।

बुधबार विहान अन्दाजी साढे १ बजेको समयमा पोखरा महानगरपालिका–१० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरी राखेको ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो।

त्यसलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले गोविन्दलाई उक्त जिप चलाई रहेको अवस्थामा फेला पारेको जनाएको छ।

जिप सहित पक्राउ परेका उनलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट