उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १७:४२
उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं । राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ । अहिले काठमाडौँमा कीर्तिपुर, सिनामङ्गल, रत्नपार्क, माइतीघरलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ । भक्तपुरमा ८ दशमलव ४ र कीर्तिपुरमा ७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् अधिकारीले उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यकाका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ ।

सबैभन्दा बढी धादिङको धुनिबेँसीमा १२ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भएको छ । अबको एक÷दुई घन्टामा मौसम सुधार आउने र आज रातिको समयमा पनि वर्षा नहुने महाशाखाले जनाएको छ ।
रासस

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट