नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ ११:४४
नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको छ । उहाँले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गर्नुभएको हो । यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गर्नुभएको थियो । पूजा सकेर उहाँ आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय जानुहुने कार्यक्रम छ । त्यहाँ उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालालगायत नेताकोे शालिकमा माल्यार्पण गर्नुहुने तथा सङ्ग्रहालयको अवलोकन गर्नुहुने छ । उहाँ आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जानुहुने कार्यक्रम छ । पूर्वसभामुख रहनुभएका उहाँले आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित हुनुएको थियो । नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते लिनुहुने जनाइएको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट