वडा अध्यक्षको तलब स्थानीयलाई

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ १५:३0
वडा अध्यक्षको तलब स्थानीयलाई

पर्वतको फलेवास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गर्नुभएको छ । गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले तलबबापतको रू एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रू तीन हजारदेखि १० हजारसम्म वितरण गर्नुभएको हो । “मैले यसअघि गरेको प्रतिबद्धता अनुसार मेरो सबै तलब वडावासीमा खर्च गर्नेछु”, उहाँले भन्नुभयो, “अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्नेछु ।”

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट