ओली नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : विद्या भण्डारी

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १६:१७
ओली नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गरेकी छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक समारोहका बिच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएको समेत बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले संसद्‍मा ओलीले गरेका सम्बोधनहरू राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन् । उनले सो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका समेत उजागर गरेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पत्तीका रूपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पत्तिको रुपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने बताइन् । पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तक नेताहरुलाई जनतासँग गरेका वाचा पूरा गराउन पनि उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट