प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड ः खेलाडी छनोट

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ १७:१४
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड ः  खेलाडी छनोट

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि तीन खेलाडी छनोट भएका हुन् । यही फागुन १२गतेदेखि १४ गते पाटनमा सम्पन्न भएको १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताको लागि छनोट गरिएको हो । छनोट हुनेमा एक सय मिटर दौड छात्रतर्फ मेलौलीका सन्दीप दयाल, छात्रातर्फ पाटनकी बिस्ना अवस्थी रहेकी छन् । दुई सय मिटर दौडमा छात्रतर्फ डिलासैनीका हरिचन्द नाथ, छात्रातर्फ पाटन नगरपालिकी विस्ना अवस्थी नै छनोट भएकी छन् । चार सय मिटर दौडमा छात्रतर्फ पञ्चेश्वरका गणेश चन्द छनोट भएका छन् । छात्रातर्फ मेलौलीकी प्रतिक्षा चन्द छनोट भएकी छन् । आठ सय मिटर दौडमा छात्रतर्फ पाटनका लक्ष्मण भट्ट छनोट भएका छन् भने छात्रातर्फ डिलासैनीकी तुलसी धामी छनोट भएकी छन् । एक हजार पाँच सय मिटर दौडका लागि छात्रतर्फ पाटनका रामसिंह भाट छनोट भएका छन् भने छात्रातर्फ डिलासैनीकी तुलसी धामी र सिगासकी बागेश्वरी धामी छनोट भएकी छन् । तीन हजार मिटर दौडमा छात्रतर्फ मेलौलीका आयुश भट्ट छनोट भएका छन् भने छात्रातर्फ मेलौलीकै स्ुमित्रा चन्द र सिगासकी बागेश्वरी धामी छनोट भएकी छन् । हाइजम्पमा छात्रतर्फ पाटनका पराससिंह महरा छनोट भएका छन् भने छात्रातर्फ पाटनकै पूजा मडै छनोट भएकी छन् । लङजम्पमा पनि छात्रतर्फ पाटनका सुरज राई छनोट भएका छन् भने छात्रातर्फ दोगडाकेदारकी सुनिता पार्की छनोट भएकी छन् । त्रिपलजम्पमा छात्रतर्फ मेलौलीका सन्दीप दयाल छनोट भएका छन् भने छात्रातर्फ सिगासकी गोमती रोकाया छनोट भएकी छन् । ज्याभलिङ थ्रोमा छात्रतर्फ मेलौलीका मीन ठगुन्ना छनोट भएका छन् भने छात्रातर्फ मेलौलीकै निर्मला नेगी छनोट भएकी छन् । सर्टफुटमा छात्रतर्फ दोगडाकेदारका महेश महरा छनोट भएका छन् भने छात्रातर्फ मेलौलीकी सरस्वती विष्ट छनोट भएकी छन् ।कबड्डीमा छात्रतर्फ डिलासैनीका सुनिलबहादुर दामी, डिलासैनीकै प्रकाश बोहरा, पाटनका दीपक विष्ट, पाटनकै धनी औजी, पाटनकै विकास भण्डारी, पाटनका युवराज भण्डारी, मेलौलीका विनोद चन्द, सुर्नयाका विवेक चन्द, दनपाका अनुराग ठगुन्ना छनोट भएका छन् । कबड्डीमा वैकल्पिकतर्फ डिलासैनीका मोहन भण्डारी, दनपाका विनोद चन्द, दोगडाकेदारका किशोर महरा, मेलौलीका सुरज पार्की रहेका छन् । यसैगरी कबड्डीमा छात्रातर्फ दनपाकी रिमा चन्द, दनपाकै ललिता चन्द, पाटनकी समीक्षा विष्ट, पाटनकी दीपा विष्ट, पाटनकै निसा विष्ट, दनपाकी बागमती लावड, मेलौलीकी निर्मला चन्द, दोगडाकेदारकी पार्वती जोशी र डिलासैनीकी राजेश्वरी भण्डारी छनोट भएकी छन् । कबड्डीमा छात्रातर्फ नै वैकल्पिकमा दोगडाकेदारकी आर्या विष्ट, डिलासैनीकी आशिका बोहरा, दनपाकी ललिताकुमारी शाह र मेलौलीकी सम्झा चन्द छनोट भएकी छन् । भलिबलमा छात्रतर्फ डिलासैनीका लोकेश पार्की, डिलासैनीकै दिपक धामी, सिगासका तेज लुहार, सिगासकै तेजसिंह धामी, पाटनका मोहन अवस्थी, दनपाका सुरज चुनारा, पञ्चेश्वरका सहदेव ओड, मेलौलीका करन चन्द, मेलौलीका सुनिल औजी, शिवनाथका दिलीप पहरी चुनिएका छन् । वैकल्पिकमा पाटनका राकेश भाट, दोगडाकेदारका पूर्ण चन्द, पञ्चेश्वरका कैलाश चन्द, मेलौलीका रुकेश चन्द छनोट भएका छन् । यसैगरी छात्रातर्फ भलिबलतर्फ शिवनाथकी सरिता चन्द, पञ्चेश्वरकी विनिता चन्द, पञ्चश्वरकै माया चन्द, पाटनकी मञ्जु भण्डारी, दनपाकी पिंकी बोहरा, पुर्चाैडीकी रोशनी धामी, मेलौलीकी निर्मला ठगुन्ना, सुर्नयाकी कविता भट्ट र शिवनाथकी अनिता चन्द छनोट भएकी छन् । भलिबलमै छात्रातर्फ वैकल्पिकमा मेलौलीकी सरस्वती भट्ट, सिगासकी कमला साउँद र पाटनकी द्रोपती विक छनोट भएकी छन् । कराँतेमा छात्रातर्फ ४० केजी समूहमा पुर्चाैडीकी निमिला रैकाल र ४५ केजी समूहमा पुर्चाैडीकै स्मृति विष्ट छनोट भएकी छन् । यसैगरी कराँतेमा छात्रतर्फ ४२ केजी समूहमा पुर्चाैडीका हिमाल ऐर, ४७ केजी समूहमा दोगडाकेदार गाउँपालिकाका गौरव जोशी, ५२ केजी समूहमा पुर्चौडीकै प्रकाश साउँद छनोट भएका छन् ।यसैगरी एकलकातामा पुर्चाैडीका हिमाल ऐर छनोट भएका जिल्ला खेलकुद समितिले जनाएको छ । छनोट भएका खेलाडीलाई केही दिनमा बन्द प्रशिक्षणमा बोलाइने छन् । प्रदेशस्तरीय प्रतियोगिताको मिति भने टुङ्गो लागेको छैन ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट