उपराष्ट्रपतिको शपथ सोमबार

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ५, २०७९ १४:२८
उपराष्ट्रपतिको शपथ सोमबार

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ । यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ । निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ५, २०७९ १४:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट