नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ २१:५६
नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताउनुभएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई खेलमा आकर्षित गरेर पार्टीमा ल्याउनुपर्ने बताउनुभयो । “खेलमार्फत नयाँ पुस्तालाई नजिक ल्याउँछौँ । नजिक ल्याएपछि कार्यकर्ता हुन्छन्”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले आफू क्षणिक राजनीतिक खेलमा सामेल नहुने तर्क गर्नुभयो । उहाँले एमाले देश बनाएर अगाडि बढ्ने र छोटो दौडमा नभई म्याराथुनमा कुद्ने बताउनुभयो । अध्यक्ष ओलीले खेलाडीलाई खेलाडीमात्र नभई समाज परिवर्तनको योद्धासमेत रहेको स्मरण गराउनुभयो । अध्यक्ष ओलीले मानिस गलत संगतमा नपरोस् भन्नका लागि सही सङ्गततिर ल्याउनका लागि राजनीतिमा सहभागी गराउनुपर्ने बताउनुभयो । उहाँले खेलाडीलाई अहङ्कार आफूभित्र प्रवेश गर्न नदिन पनि शालीन र विनम्र हुनुपर्ने बताउनुभयो । उहाँले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा डो¥याउने काममा महासङ्घले गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको बताउनुभयो । महासङ्घको हालै विराटनगरमा भएको दोस्रो राष्ट्रिय अधिवेशनले परशुराम बस्नेतको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी चयन गरेको थियो ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ २१:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट