डीएसपी ठग बहादुरलाई भ्रष्टाचार मुद्दा चलाउन सिफारिस

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १६:३२
डीएसपी ठग बहादुरलाई भ्रष्टाचार मुद्दा चलाउन सिफारिस

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीले पदीय दायित्व विपरीत कार्य गरेको भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएको छ । व्यापारीसँग अवैध असुलीमा पक्राउ परेका उनले पदीय दायित्व विपरीत कार्य गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको हो ।

बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका व्यापारी किसन विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटना छानबिन गर्न समिति गठन गरिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।

 

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट