कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १0:0८
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । उपराष्ट्रपति चयनका लागि यही चैत ३ गते मतदान हुँदैछ । यसैगरी प्रतिनिधिसभा सदस्य रिक्त भएका चितवन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने भएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १0:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट