गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरूको सजाय माफी

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ १४, २०८० १८:५९
गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरूको सजाय  माफी

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको छ ।

उनीहरूलाई नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कैद सजाय भोगिरहेका ४८२ जनाले माफी पाएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा सोमबारदेखि लागु हुने गरी रमेश थलङ, उदय नारायण गिरीसहित ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पाैडेलबाट गणतन्त्र दिवसकाे अवसरमा विज्ञप्ति निकाल्दै ४८२ जनाकाे कैद सजाय माफी भएकाे हाे ।

 

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ १४, २०८० १८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट