पुस अन्तिम साता प्रथम राष्ट्रिय महाधिवेशन गर्दै नागरिक उन्मुक्ति पार्टी

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० ११:२0
पुस अन्तिम साता प्रथम राष्ट्रिय महाधिवेशन गर्दै नागरिक उन्मुक्ति पार्टी

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन यही पुस अन्तिम साता हुँदैछ। पार्टीको आधारभूमि कैलालीको टिकापुरमा हुने महाधिवेशनकालागि नागरिक उन्मुक्तिले तयारी तीब्र पारेको छ।

महाधिवेशनकालागि देशभरिबाट प्रतिनिधिहरु चयन हुने क्रम रहेको र अतिथिहरुका लागि निमन्त्रणा दिने क्रम चलिरहेको सो पार्टीका संरक्षक रेशमलाल चौधरीले बताए।

उनका अनुसार महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरु सहभागी हुनेछन्। तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुनेछ।पहिलो महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ।

विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ। ०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सीट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ भने राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्न पुगेको छ।

टिकापुर घटनापछि जेल परेका संरक्षक चौधरीले जेलबाटै श्रीमती रन्जिता चौधरीलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए। अध्यक्ष चौधरी चुनाव जितेर अहिले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रीसमेत छिन्।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट