पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कने क्रममा छ : मन्त्री किराती

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १६:४२
पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कने क्रममा छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन उद्योग बिस्तारै लयमा फर्कने क्रममा रहेको बताएका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा सरू भएको क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनमा उद्योगको विकास, विस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए । उनले नयाँ गन्तव्य स्थलको खोजी, लगानी वृद्धि, एकीकृत पर्यटन पूर्वाधारको विकास, प्रविधिकरण र पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामीण तहसम्म वितरण गर्नुपर्ने आवश्यकता रहको बताए ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट