वन डढेलो नियन्त्रण सप्ताह सुरु

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १६:४६
वन डढेलो नियन्त्रण सप्ताह सुरु

वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवनप्रसाद पाठकले गर्नुभयो । डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौंँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ, वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता प्ले कार्डसहित मेचीनगरस्थित प्रगति सामुदायिक बनबाट सुरु गरिएको सचेतना ¥याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो । सभामा डिभजन वन कार्यालयका प्रमुख पाठक, मेची सव डिभिजन वन कार्यालय धाइजनका प्रमुख डिल्ली खरेल, चारआली जेसीजका अध्यक्ष सङ्गीत शिवाकोटी, लायन्सका अध्यक्ष मोहन अधिकारी लगायतले बन क्षेत्रमा हुने डढेलोले पु¥याउने क्षतिका विषयमा बोल्नु भएको थियो । साताव्यापी सञ्चालन हुने अभियानको दोस्रो दिन कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गामा नियन्त्रित डढेलो लगाउने अभियान सञ्चालन गरिने त्यस्तै ३ गते जलथलस्थित चौकी विरान सामुदायिक वनमा ‘वन क्षेत्रमा हुने ज्वलनशील पदार्थबाट कम्पोष्ट मल बनाउने अभ्यास’ सञ्चालन गरिने छ । त्यस्तै सुरक्षा निकायबीच वन डढेलो नियन्त्रणम तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिने, डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी तालिम र चैत ७ मा अभियानको समापन गरिने डिभिजन वन कार्यालय झापाकी अधिकृत अञ्जना पुरीले जानकारी दिनुभयो । झापामा रहेका सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणसम्बन्धी विभिन्न खाले कार्यक्रम आयोजना गर्दै अभियान सफल बनाइने मेची सव डिभिजन वन कार्यालय धाइजनका प्रमुख डिल्ली खरेलले बताउनुभयो । —

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १६:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट